राजनीति

हालसम्म ४५६३ मत गन्दा, शेरबहादुर देउवाको २१४२ मत



काठमाडौ– काठमाडौंमा जारी नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना भइरहेको छ । मतगणनामा सभापतिका पाँच उम्मेदवारमध्ये शेरबहादुर देउवा र शेखर कोइरालाबीच मुख्य प्रतिस्पर्धा देखिएको छ ।

राष्ट्रियसभा गृहमा चलिरहेको मतगणनामा शेरबहादुर देउवाको अग्रता कायमै छ । हालसम्म ४५६३ मत गन्दा शेरबहादुर देउवाको २१४२ मत
,डा.शेखर कोइरालाको १७०८ प्रकाशमान सिंहको ३५५ , विमलेन्द्र निधिको २४५ र कल्याण गुरुङले २० मत मात्र प्राप्त गरेका छन्।