राजनीति

सभापति पदको लागि देउवा र कोइराला बिच भिडन्त



काठमाडौ– काठमाडौंमा जारी नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना भइरहेको छ । मतगणनामा सभापतिका पाँच उम्मेदवारमध्ये शेरबहादुर देउवा र शेखर कोइरालाबीच मुख्य प्रतिस्पर्धा देखिएको छ ।

राष्ट्रियसभा गृहमा चलिरहेको मतगणनामा शेरबहादुर देउवाको अग्रता कायमै छ । हालसम्म ४३७६ मत गन्दा शेरबहादुर देउवा २०९५
,शेखर कोइराला १६४५ प्रकाशमान सिंहले ३५० , विमलेन्द्र निधिले २३९ र कल्याण गुरुङले १९ मत मात्र प्राप्त गरेका छन्।