राजनीति

देउवाको अग्रता कायमैे, कटाए १९०० मत


काठमाडौ– काठमाडौंमा जारी नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना भइरहेको छ । मतगणनामा सभापतिका पाँच उम्मेदवारमध्ये शेरबहादुर देउवा र शेखर कोइरालाबीच मुख्य प्रतिस्पर्धा देखिएको छ ।

राष्ट्रियसभा गृहमा चलिरहेको मतगणनामा शेरबहादुर देउवाको अग्रता कायमै छ । हालसम्म ४००० मत गन्दा देउवा १९०० ,शेखर कोइराला १४६७ प्रकाशमान सिंहले २९६ , विमलेन्द्र निधिले २३० र कल्याण गुरुङले २० मत मात्र प्राप्त गरेका छन्।