राजनीति

प्रतिनिधिसभाको दशौँ र राष्ट्रिय सभाको एघारौँ अधिवेशन सुरु हुँदै


काडमाडौँ – प्रतिनिधिसभाको दशौँ र राष्ट्रिय सभाको एघारौँ अधिवेशन आज सुरु हुँदै छ ।संसद् सचिवालयका अनुसार राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने र अध्यादेश पेस गर्ने कार्यसूची छ । बैठकमा एमसिसी टेबुल हुन सक्ने अड्कलबाजी भए पनि कार्यसूचीमा समावेश छैन 
माओवादीका प्रमुख सचेतक देव गुरुङले एमसिसी टेबुल हुनेबारे सरकारका तर्फबाट कुनै सूचना नपाएको बताउनुभयो ।

बैठकमा नेपाल प्रहरी, प्रदेश प्रहरी, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन, सामाजिक सुरक्षा, यौनहिंसा, फौजदारी कसुर र रेल्वे अध्यादेश पेस हुने छ । विपक्षी एमालेले संसद अवरोध गर्दा अघिल्लो अधिवेशनमा विधेयकमाथिको काम रोकिएको थियो । संसदमा अहिले ५७ वटा विधेयक प्रक्रियामा रहेका छन् । गत अधिवेशनमा बजेटबाहेक अन्य विधेयकमाथि काम हुन सकेको थिएन ।