राजनीति

देउवाको अग्रता कायमैे, कटाए ३७३९ मत


काठमाडौँ – काठमाडौंमा जारी नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना भइरहेको छ । मतगणनामा सभापतिका पाँच उम्मेदवारमध्ये शेरबहादुर देउवा र शेखर कोइरालाबीच मुख्य प्रतिस्पर्धा देखिएको छ ।

राष्ट्रियसभा गृहमा चलिरहेको मतगणनामा शेरबहादुर देउवाको अग्रता कायमै छ । हालसम्म ३७३९ मत गन्दा देउवा १७९८ ,शेखर कोइराला १४१३ , प्रकाशमान सिंहले २८६ , विमलेन्द्र निधिले २०१ र कल्याण गुरुङले १९ मत मात्र प्राप्त गरेका छन्।