खेलकुद

च्याम्पियन्स लिगको ड्र सार्वजनिक, अन्तिम १६ मा रोनाल्डो र मेस्सी भिड्ने


काठमाडौँ – युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को ड्र सार्वजनिक गरेको छ । यूईएफएले निकालेको ड्र अनुसार लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोको टिम अन्तिम १६ मा भिड्ने भएका छन् ।

मेस्सीको टिम पेरिस सेन्ट जर्मेन (पीएसजी) र रोनाल्डोको टिम म्यानचेस्टर युनाईटेड ड्र अनुसार एक अर्काका प्रतिद्वन्दी भएका हुन । यस्तै साविक विजेता चेल्सीले फ्रेन्च क्लब लिलसँग प्रतिस्पर्धा गर्नेछ । लिभरपुलले आरबी साल्जवर्गसँग प्रतिस्पर्धा गर्दा म्यानचेस्टर सिटीले भिल्ला रियलसँग खेल्नेछ ।

रियल मड्रिडले बेन्फिकासँग खेल्दा इन्टर मिलानले आयाक्स तथा युभेन्ट्सले स्पोर्टिङ लिस्बनसँग खेल्ने तालिका रहेको छ । अन्तीम १६ का खेल अन्तर्गतको पहिलो लेग फेब्रुअरी १५, १६, २२ र २३ मा हुनेछ । दोस्रो लेग मार्च ८,९,१५ र १६ मा हुनेछ ।