राजनीति

मतदानको क्रम जारी,उम्मेदवारहरु मत माग्न व्यस्त


काठमाडौँ – नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा मतदान जारी रहेको छ । यसअघि बेलुका ५ बजेसम्म मतदानको समय तोकिएकामा ४ घण्टा थप गरिएको निर्वाचन समितिले जनाएको छ ।

यसअघि निर्वाचन समितिले विहान ८ देखि अपरान्ह ५ बजेसम्म मतदानको समय तोकेको थियो । तर दिउँसो साढे ११ बजेमात्र मतदान शुरु भएको थियो । कांग्रेसको नयाँ केन्द्रीय समितिको पदाधिकारी र सदस्य चयनका लागि ४७२३ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन् ।