राजनीति

महामन्त्रीमा कसको पल्लाभारी ? गगन र विश्वप्रकाशले जित्दैछन् चुनाव, कोचाहन्छन् प्रतिनिधि ?


काठमाडौँ – नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत महामन्त्री पदका लागि कांग्रेसलाई गति दिन सक्ने नेताका रुपमा आशा गरिएका नेताहरु भिड्दैछन् । विषेशगरि नेविसंघको नेतृत्व गरेर आएका तथा युवा पुस्ताले आशा गरेका नेताहरु एकै पदमा भिड्दा नेतृत्वमा उनीहरुको सहभागिता भने अनिश्चित बनेको छ । महामन्त्री पद सभापतिपछिको आकर्षक र एक जिम्मेवारीपूर्ण पद हो । जुन पदलाई लिएर दर्जन बढी नेताहरुले आंकाक्षा देखाएपनि प्यानलमा पर्न नसक्दा ६ जनाले मात्रै उम्मेद्वारी दर्ता गराए ।

यसरी उम्मेद्वारी दर्ता गराउँनेमा विद्यार्थी राजनीतिबाट खारिएर आएका नेताहरुको बाहुल्यता रहेको छ । त्यसैले पनि प्रतिनिधिहरुलाई कुन उम्मेद्वार छान्ने भन्नेमा सकस देखिएको छ । महामन्त्रीका ६ उम्मेद्वारमध्ये ५ जना भने निकै बलिया मानिएका छन् । तीन विद्यार्थी नेता भिड्दै गर्दा मत उनीहरुमा मात्रै नभई पाका नेता डा. प्रकाशसरण महत र डा. मिनेन्द्र रिजाल र डा. राजाराम कार्कीमा पनि बाढिने निश्चित छ । त्यसोत गएको १३ औं महाधिवेशनमा महामन्त्रीमै पराजित भएका गगन थापा यसपाली आफूलाई प्रतिनिहिरुले जिताउनेमा विस्वस्त देखिन्छन् ।

महामन्त्रीका चर्चित उम्मेद्वार थापा यो अधिवेशनमा गुट परिवर्तन गरि शेखर कोइरालाको सरणमा गएका हुन् । थापालाई देउवा समूहको मत कति क्रस हुन्छ भन्नेले जीत या हार निर्धारण गर्दछ । काठमाडौं उपत्यकालगायत बागमती प्रदेशको बढी मत प्रकाशमानसँग रहेको र त्यो मत गगन थापाले तान्न सकेमा बाजी मार्न सक्छन् । तर, सिंह समूह छाडेकाले थापालाई चुनौती भने बढेको छ । यस्तै लामो समय उनले नेता मानेका पूर्वमहामन्त्री कृष्ण सिटौलाले कति सहयोग गर्छन् भन्नेमा पनि थापाको जित निर्भर रहनेछ ।

यस्तै विश्वप्रकाश शर्मालाई देउवा पक्षको राम्रो साथ हुने देखिन्छ । महामन्त्रीको आकांक्षी बनेका बालकृष्ण खाड एनपी साउतले देउवाले प्रदीप पौडेललाई उम्मेद्वारी बनाएका कारण रुष्ट छन् । उनीहरुले पौडेललाई भन्दा शर्मालाई सघाउने सम्भावना उत्तिकै छ । शर्मा देउवा प्यानलबाट महामन्त्रीमा पर्न नसकेपछि अन्तिम समयमा प्रकाशमान सिंहको सरणमा पुगेका थिए । उपत्यकामा बलियो मानिएको प्रकाशमानको सारथिको रुपमा उभिएका शर्मालाई यो समूहले भने खुलरै सहयोग गरेको महाधिवेशन प्रतिनिधिहरु बताउँछन् ।

यस्तै प्रकाशरण महत देउवा टिमका एकमात्र बलिया उम्मेद्वार भएका कारण देउवा पक्षले दाबी गरेको १७ सय मत झरे उनलाई जित निकाल्न गाह्रो नहोला । महतलाई जितका लागि आफ्नो समूहबाट राम्रो सहयोग पाएतापनि अन्यसमूहबाट कति मत तान्न सक्छन् त्यसमा निर्भर रहन्छ । यद्यपी अन्य युवाहरु गगन थापा प्रदीप पौडेल र विश्वप्रकाश शर्माको कडा प्रतिष्पर्धाले उनलाई फाइदा पुग्न सक्छ । देउवा निकट भएकै आधारमा महामन्त्रीको उम्मेद्वार बन्न पाएका महतलाई बालकृष्ण खाण एनपी साउत ज्ञानेन्द्र कार्की रमेश लेखकको राम्रो सहयोग रहे जित्ने निश्चित देखिन्छ ।

यस्तै अर्का नेविसंघको निर्वाचित अध्यक्ष रहिसकेका प्रदीप पौडेल पनि लोकप्रीय हिसाबले कमजोर भने छैनन् । युवा मतदातामा उनी निकै परिचित छन् । पौडेलको क्षमताकै कारण कृष्णप्रसाद सिटौलाको साथ रहिर्यो । सिटौला प्यानल देउवासँग मिल्दा पौडेल महामन्त्रीका उम्मेदवार बन्ने अवसर पाएका हुन् । महामन्त्रीका कान्छा उम्मेद्वार पौडेललाई देउवा पक्षले खुलेर सहयोग गरे उनको जित सुनिश्चित पनि देखिन्छ । यद्दपी देउवा समूहका अधिकांश नेताले उनको उम्मेद्वारीलाई स्वभाविक लिएका छैनन् ।

देउवा सिटौलाको यो निर्णले खुलेर विरोध पनि गर्ने आट गरेका छैनन् । उद्घाटन सत्रदेखि महाधिवेशन प्रतिनिधिमाँझ भिजेर भोट मागेका पौडेल युवामाझ लोकप्रीय रहेको र व्यत्तिगत भोट पनि भएकाले उनको सम्भावनालाई पनि नकार्न सकिन्न । महामन्त्रीका लागि युवाहरुको भिडन्तमा परेका पाका उम्मेद्वार डा. मिनेन्द्र रिजालले पुस्तान्तरणको मुद्धासहित उम्मेद्वारी दिएका छन् । काँग्रेसमा बुद्धिजिविको छवि बनाएका रिजाल युवामाँझ जित्नका लागि त्यति सहज छैन् ।

प्रकाशमान समुहबाट एउटा मात्र महामन्त्री रहेकाले यो समूहले विश्वप्रकाश र रिजाल छान्छ या गगन थापा त्यसमा उनको जित निर्भर रहने देखिन्छ । काँग्रेसमा यो समूहले आफूसँग ६ सय माथि मत रहने दाबी गरेको छ । विश्लेषकहरु कुन—कुन उम्मेद्वारको सम्भावना बढी देख्छन् त ? यस्तै कमजोर प्यानलबाट महामन्त्रीमा उठेका राजाराम कार्कीलाई भने महामन्त्रीको नेतृत्व हच्याउँन भने सहज छैन् । यद्दपी पार्टीमा सभापति पछिको शक्तिशाली र भोलिको नेतृत्वका रुपमा हेरिएको महामन्त्रीका उम्मेद्वारहरुलाई निकै चासोका साथ हेरिएको छ । गगन थापा विश्वप्रकाश शर्मा, डा. प्रकाशरण महत तुलनात्मक रुपमा अगाडि देखिएका छन् ।