समाचार

नेप्सेले लगानीकर्तालाई रोडपति बनायो, घटेका बेला पनि छैन किन्ने पैसा


काठमाडौँ – चार महिना अघि ३२ सय माथि रहेको नेपाली शेयर बजार मापक नेप्सेमा हालसम्म आइपुग्दा ९ सय ३८ अंकले गिरावट आई सकेको छ । तर अर्थतन्त्रको मेरुदण्ड मानीने शेयर बजारमा किन गिरावट आयो सरकारलाई चासो छैन । बरु सत्ताधारी दलकै नेताले बजार घटाउन विभिन्न अभिव्यक्ती दिएको आरोप लागेको छ । चार महिना अघि नेपालको शेयर बजार मापक नेप्से ३ हजार २ सय विन्दु माथि पुगेको थियो । बजार पुजीकरण पनि करिव ४५ खर्ब थियो । दैनिक कारोबार रकम पनि २० अर्ब माथि पुगेको थियो ।

त्यस पछि बजारमा अनेक किसीमका झमेला निम्तीदै गए । जस्तो कि, तरलता अभाव, सामजीक संजालमा भ्रमाक समाचार संप्रेषण तथा नियामक निकायको हस्तछेप तथा केन्द्रीय बैंकको नीतिले बजारमा उच्च गिरावट आईरहेको छ । त्यस माथि उच्च पदस्थ व्यक्तीले दिन अभिव्यक्तिले दन्कीएको आगोमा तेल थप्ने काम गरेको छ । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिवार एक अभिव्यत्ती दिए, जुन शेयर बजार सँग प्रत्यक्ष सम्वन्धित थियो । औद्योगिक क्षेत्रमा लगाउनु पर्ने पूँजीको लगानी पूँजी बजारमा हुनु साम्राज्यवादको विकसित रुप भएको भन्ने उनको अभिव्यक्तीले नेपाली शेयर बजारमा पहिरो नै गएको छ ।

नत उनी प्रधानमन्त्री हुन नत अर्थमन्त्री नै । तर उनको भनाईले लगानीकर्ताको मनोबल झनै गिराउने काम गरेको छ । प्रचण्डको अभिव्यक्ति पछि नेप्सेमा लगातार दुइ दिन उच्च अंकको गिरावट आयो । दुई दिनमा बजार १ सय ६७ दशमलव ९३ अंकले घटेको छ । नेपालको पुँजी बजार निकै संवेदनशील क्षेत्र हो । यो बजारमा जानेका, बुझेका, अरुको लहैलहैमा लाग्ने, आफैं विश्लेषण गरेर लाग्ने हरेक खालका लगानीकर्ता छन् । जसले गर्दा कुनै व्यक्तिको सानोभन्दा सानो कुराले पनि बजारलाई निकै प्रभाव पार्ने गरेको छ । अझ राजनीतिक दलका नेताहरुले दिने अभिव्यक्तिले बजारलाई निकै प्रभाव पार्ने गरेको छ ।

प्रचण्ड र माओवादीकै नेतासमेत रहेका अर्थमन्त्री जनार्दन शर्मा शेयर बजारका विरोधि भएको टिप्पणी भै रहेको छ । प्रचण्डको अभिव्यक्तिले माओवादी पार्टीको धारणा प्रष्ट पारेको र त्यही पार्टीका अर्थमन्त्री भएको बेला बजार कुन रुपमा अघिबढ्ने हो अहिले चिन्ताको विषय भएको लगानीकर्ताको गुनासो रहेको छ । अर्थमन्त्री जनार्दन शर्माले पनि आफुले अर्थशास्त्र नबुझेको भन्दै विभिन्न समयमा फरकफरक खाले अभिव्यक्ति दिएका छन् । मन्त्री शर्माले पनि बजारको हितमा काम गर्न नसकेको भन्दै लगानीकर्ताले सेयर बजार विरोधीलाई नो भोट अभियान शुरु गरेका छन् । तर त्यो विरोधलाई उनले प्रतिवाद गरिरहेका छन । उनले शेयर बजार मन्त्रीले घटाउन÷बढाउन भूमिका खेल्न नसक्ने भन्दै आफ्नु बचाउ गरिरहेका छन ।

त्यस्तै, चार महिनामा नेप्से ९ सय ३८ दशमलव २९ अंकले गिरावट आएको छ । यसले गर्दा धेरै लगानीकर्तालाई थप दवाद दिइरहेको छ । त्यसैले सोमबार लगानीकर्ता हरुले विज्ञप्ती नै निकालेर उच्चस्तरीय कार्यदल गठन गरी पुँजी बजार सुधारका कामहरु तत्काल गर्न सरकारसँग माग गरेका छन् । पुँजी बजार सदृढीकरण वृहत कार्यदलले हाल देखिएको संकटलाई तत्काल सम्बोधन गर्न ५८ बुँदेका बाँकी कामहरु गर्नुपर्ने माग गरेको छ । साथै उसले ब्रोकरमार्फत मार्जिन ट्रेडिङ कार्यान्वयनमा नआउँदासम्म ४–१२ करोडको सीमा पनि खारेज गर्न माग गरेको छ ।