राजनीति

मतदानका लागि ४ घण्टा समय थप


काठमाडौँ – नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा ५ बजेसम्म तोकेको मतदानको समय ४ घण्टा थप गरिएको छ । समय थपबारे निर्वाचन समितिले जानकारी गराएको छ ।
मतदानस्थल राष्ट्रियसभा गृह र भृकुटीमण्डप क्षेत्रमा मतदान अवधि थप गरिएको भनी माइकिङ गरिएको छ । बिहान ४ घण्टा बिलम्व गरी सुरु भएको निर्वाचन ४ घण्टा नै थपेको हो । बिहान ८ बजे सुरु हुनुपर्ने मतदान दिउँसको करिब १२ बजेपछि मात्रै सुरु भएको थियो । अपरान्ह ५ बजेसम्म १९९३ जनाले मत खसालेका प्रचार समितिले जनाएको छ ।