राजनीति

निर्वाचन समिति देउवाको इसारमा चलेको केसीको आरोप,समिति देखाउने दाँत मात्र


काठमाडौँ – कांग्रेस नेता अर्जुन नरसिंह केसीले निर्वाचन समिति निष्पक्ष संस्थापन पक्षको इसारामा चलेको आरोप लगाएका छन् । केसीले निर्वाचन समिति देखाउने दाँत मात्रै भएको र निष्पक्ष हुन नसकेको आरोप लगाएका हुन् ।

अर्का सभापतिका उम्मेदवार शेखर कोइरालाको समूहमा रहेका केसीले भने, ‘संस्थापनले जे भन्यो त्यो मान्यो । निर्वाचन समिति देखाउने दाँत मात्र हो । त्यसकारण समयमै गर्न खोज्दा पनि निर्वाचन समयमा सुरु हुन सकेन,’।

निर्वाचन आज बिहान ८ बजेबाट हुने भनिएकोमा चार घण्टा बिलम्ब भई करिब १२ बजेदेखि मात्र मतदान सुरु भएको थियो ।