राजनीति

शशांक कसैको पक्ष वा विपक्षमा नभएको दावी, स्वविवेकले मतदान गर्ने


काठमाडौँ – नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले पार्टी एक भएर जानु पर्ने बताएका छन् । उनले आफै कुनै पनि पक्ष र विपक्षमा लाग्नुभन्दा पनि स्वविवेक प्रयोग गरेर मन लागेको उम्मेदवारलाई मतदान गर्ने पनि बताएका छन् ।

आज सोमवार भृकुटीमण्डपमा सञ्चारकर्मीसँगको कुराकानीमा नेता कोइरालाले भने, ‘म कुनै पक्षमा जान्नँ भन्दा किन अचम्म रु मैले भनिहालेँ नि आफ्नो स्वविवेकले भोट दिन्छु । मैले आफ्ना समर्थकलाई भनेको छु, म चार वटै पक्षलाई लिएर जानुपर्छ भन्ने मान्छे हो । म कस्तो हुँ भने कांग्रेसलाई एक बनाएर लैजानुपर्छ भन्ने मान्छे हो । त्यसैले कुनै पक्षलाई म केही भन्दिनँ ।’