राजनीति

मतदान गर्नुअघि प्रत्येक मतदातालाई भेट्दै देउवा


काठमाडौँ – नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा मतदान गर्ने सबै प्रतिनिधिलाई वुथमा छिर्नुअघि सभापतिका प्रत्यासी शेरबहादुर देउवाले भेटेका छन् । देउवा राष्ट्रियसभा गृहमा राखिएको मतदान केन्द्रमा प्रतिनिधिहरु मतदान गर्ने गोप्य कक्षमा प्रवेश गर्ने ठाउँमा कुर्सी राखेर बसिरहेका छन् ।

लामो लाइनमा बसेका मतदाता मतपत्र लिएर गोप्य कक्षमा पुग्ने बेलामा भेट हुने गरी उनी मतदान केन्द्रमा बसेका छन् । सोमबार मतदान शुरु हुनेवित्तिकै मतदान गरेका देउवा दिउँसो फर्किएर पुनः मतदान केन्द्रमा आएका हुन् ।

सभापतिमा प्रधानमन्त्री शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धी छन् ।