राजनीति

काँग्रेसको चुनावमा ११ सय मत खस्यो


काठमाडौँ – काठमाडौँको भृकुटी मण्डपमा भइरहेको नेपाली काँग्रेसको महाधिवेशनको चुनावमा अहिलेसम्म ११ सय मतदान खसेको छ । नयाँ नेतृत्वसहितको कार्यसमिति चयनका लागि जारी चुनावमा ११ सय प्रतिनिधिले मतदान गरेको निर्वाचन समितिका जानकारी दिएको छ ।

मध्यान्ह १२ बजेदेखि सुरु भएको मतदानमा शीर्ष नेताहरु सबैले मतदान गरिसकेको छ । सभापतिका प्रत्यासी शेरबहादुर देउवा, प्रकाशमान सिंह, शेखर कोइराला, विमलेन्द्र निधिसहित उपसभापतिका उम्मेदवारद्वय विजयकुमार गच्छदार र सुजाता कोइराला, नेताहरु डा रामशरण महत, सुनिलबहादुर थापा, गृहमन्त्री बालकृष्ण खाँण, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मी लगायतले मतदान गरिसकेका छन् ।

अन्य नेता भने भोट हाल्न लामबद्ध भएका छन् । एकैपटक धेरैले मतदान गर्ने व्यवस्थाका लागि राष्ट्रिय सभा गृहमा एक स्थान र भृकुटीमण्डपमा दुई स्थानमा व्यवस्था गरिएको छ । काँग्रेसमा महाधिवेशन प्रतिनिधि ४ हजार ७ सय ४३ जना रहेका छन् ।