राजनीति

एकीकृत समाजवादीको प्रमुख सचेतकको जिम्मा जीवनराम श्रेष्ठलाई


काठमाडौँ – नेकपा एकीकृत समाजवादीको संघीय संसद्का दुवै सदनका लागि प्रमुख सचेतक चयन गरिएको छ ।

सोमबार बसेको संसदीय दलको बैठकले प्रतिनिधिसभा संसदीय दलको प्रमुख सचेतकमा जीवनराम श्रेष्ठलाई चयन गरिएको छ ।
पार्टीका तर्फबाट राष्ट्रियसभाको प्रमुख सचेतकमा भने शेरबहादुर कुँवर चयन भएका छन् ।

आज बसेको बैठकमा भोलिदेखि सुरु हुने संसद् बैठकका विषयमा पनि छलफल भएको बताइएको छ ।