विदेश

ओमिक्रोनको संक्रमण बढ्न थालेपछि वेलायतमा आपतकाल घोषणा


काठमडौँ – वेलायतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्न थालेसँगै आपतकाल घोषणा गरिएको छ । प्रधानमन्त्री बोरिस जोनसनले आमिक्रोन आपतकाल घोषणा गर्दै नियन्त्रणका लागि १८ वर्षभन्दा माथिका सबै नागरिकलाई यसै सातादेखि बुस्टर डोज खोप लगाइने बताए ।

यसअघि वेलायतले जनवरीको अन्त्यदेखि मात्रै बुस्टर खोप लगाउने योजना बनाएको थियो । यद्दपी आोमिक्रोनको संक्रमण बढेपछि बुस्टर खोप अभियान एक महिना अगाडि सारिएको प्रधानमन्त्री जोनसनले जानकारी दिए । कोरोना विरुद्धको खोप दुई डोज मात्र पर्याप्त नहुने हुँदा बुस्टर डोज अनिवार्य रहेकाले यसले भाइरस नियन्त्रणमा ७५ प्रतिशतसम्म काम गर्ने अधिकारीहरूको दाबी छ ।