देश

फोटो खिच्न नपाएपछि कांग्रेसको मतदानस्थलमा फोटो पत्रकारहरुको विरोध


काठमाडौँ – नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मतदान स्थलमा फोटो खिच्न नपाएको विरोधमा फोटो पत्रकारहरुले विरोध जनाएका छन् । उनीहरुले राष्ट्रिय सभागृहको मुख्य गेट नजिकै क्यामेरा भुइँमा राखेर विरोध जनाएका हुन् ।

सुरक्षाकर्मीहरुले फोटो खिच्न नदिएपछि उनिहरुले विरोध जनाएका हुन् । फोटो पत्रकारहरु जारी मतदानको फोटो खिच्न बुथ तर्फ जाँदै गर्दा सुरक्षाकर्मीहरुले धकेलेर जान दिएका थिएनन् ।