राजनीति

शशांक कोइरालाले भने – म कुनै गुटमा छैन, दुवै प्यानलमा मेरो नाम छ


काठमाडौँ – नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका नेता शशांक कोइरालाले आफू कुनै पनि गुटमा नभएको बताउनुभएको छ ।

मतदानमा सहभागी हुन मतदान स्थल जाँदै गर्दा प्रदर्शनी मार्गमा पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो, ‘म कुनै गुटमा छैन । त्यही भएर दुवैको प्यानलमा मेरो नाम छ। म ग्रुपिजम अन्त्य चाहन्छु।’ नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत सोमबार नयाँ नेतृत्वका लागि मतदान हुँदैछ ।

शशांकलाई सभापतिका उम्मेदवारद्वय शेरबहादुर देउवा र शेखर कोइराला दुवैका समूहले आफ्नो सूचीमा समावेश गरेका छन् । दुवै समूहले शशांकको समर्थन आफूलाई रहेको दाबी गर्दै आएका छन् ।