काठमाडौँ – भारतको चण्डीगढकी हरनाज सन्धु इजरायलमा आयोजित मिस युनिभर्सकी विजेता बनेकी छन् । भारतकी हरनाज सन्धूले ७०औं मिस युनिभर्सको उपाधि जितेकी हुन्
। भारतले २१ वर्षपछि फेरि यो उपाधि जितेको हो । यसअघि सन् २००० मा भारतबाट लारा दत्तले मिस युनिभर्सको उपाधि जितेकी थिइन् । पञ्जाबकी २१ वर्षीया सन्धू मोडलिङका साथसाथै जनप्रशासनमा स्नातकोत्तर तहमा अध्ययनरत छिन् । हरनाजले सुनौलो स्लीभलेस गाउन लगाएर मिस युनिभर्सको हीराजडित क्राउन पहिरेकी छन् ।
अघिल्लो वर्षकी मिस युनिभर्स मेक्सिकोकी आन्द्रिया मेजाले उनलाई ताज पहिर्याएकी थिइन् । प्याराग्वे दोस्रो र दक्षिण अफ्रिका तेस्रो स्थानमा आएका छन् ।
प्रतिक्रिया