खेलकुद

इन्टर मिलान इटालियन सिरी ए को शीर्ष स्थानमा


काठमाडौँ – इन्टर मिलान इटालियन सिरी ए को शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति काग्लियारीलाई ४–० को फराकिलो अन्तरमा हराउँदै इन्टर लिगको शीर्ष स्थानमा उक्लिएको हो ।

इन्टरको जितमा लोउटारो मार्टिनेजले दुई तथा एलेक्सिस सान्चेज र हकान चलहानोग्लुले समान एक गोल गरे । खेलको २९ औं मिनेटमा मार्टिनेजको गोलबाट इन्टरले अग्रता लिएको थियो । ४४ औं मिनेटमा मार्टिनेजले पेनाल्टीमा गोल गर्न नसक्दा इन्टर अग्रता दोब्बर बनाउन चुक्यो । ५० औं मिनेटमा सान्चेजले गोल गर्दै इन्टरको अग्रता दोब्बर पारे ।

६६ औं मिनेटमाचलहानोग्लुले इन्टरका लागि तेस्रो गोल गरे । ६८ औँ मिनेटमा मार्टिनेजले ब्यत्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै इन्टरलाई सहज जित दिलाए ।

यो जितसँगै इन्टर १७ खेलबाट ४० अंक जोड्दै लिगको शीर्ष स्थानमा उक्लिदा रेलिगेशन जोनमा रहेको काग्लियरीको १० अंक छ ।