काठमाडौँ — फेरि एक पटक कोरोनाको नयाँ भेरियन्टले संकटको ढोका ढकढक्याई रहेको छ । कोरोनाको पछिल्लो परिवर्तित स्वरुप ओमिक्रोन भेरियन्ट दुई साताको अवधिमा विश्वका झन्डै ६० मुलुकमा फैलिसकेको छ । कोरोनाको परिवर्तित भयबाट सुरक्षित र सर्तक रहन खोपको विकल्प छैन । तर नेपालमा खोप अभियानको प्रभावकारीता कति छ त ?
कोरोनाको पछिल्लो परिवर्तित स्वरुप ओमिक्रोनको त्रास बढेको छ । नयाँ भेरियन्टबाट संक्रमित भए पनि गम्भीर बिरामी पर्न नदिने डब्लुएचओले प्रष्ट पारेको छ । यद्यपि ओमिक्रोनविरुद्ध विश्वमा सतर्कता बढेको छ । आक्रमक रुपमा फैलिरहेको कोरानाको नयाँ भेरियन्ट ओमिक्रोन नेपाल प्रवेश गरेसँगै समग्र क्षेत्र थप शसंकित बनेको छ । कोरोनाको संक्रमित र मृत्युदरमा कमी आएपछि सामान्य बनेको आम सर्वसाधरणको दैनिकीमा चिन्ता थपिएको छ । नयाँ भेरियन्टलाई लिएर चिन्ता गर्नुभन्दा कोरोना भाइरसबाट सुरक्षित रहन वा असर कम गर्ने अन्तिम विकल्प खोप नै भएको विज्ञहरुको सुझाव छ । सबै सर्वसाधरणलाई छिटो भन्दा छिटो खोपको दायारामा ल्याउनुपर्ने उनीहरुको जोड छ ।
हाल बजारमा प्रयोगमा रहेका र उत्पादन भएका सबै खोपहरु कोरोना भाइरसको स्पाइक प्रोटिन केन्द्रित छ । कोरोनाको परिवर्तित स्वरुप ओमिक्रोनमा स्पाइक प्रोटिन नै परिवर्तन भए हाल प्रयोगमा रहेको खोपहरु नै काम नलाग्ने डर थियो । तर कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनविरुद्ध अहिले प्रयोग भईरहेको खोपहरुले काम गर्ने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को दावी छ । जनस्वास्थ्यका मापदण्ड र खोपलाई पहिलो प्राथमिकता दिन डब्लुएचओले आग्रह गर्दै आएको छ ।
नेपालमा प्रधानमन्त्री शेर बहादुर नेतृत्व सरकारले चैत्र मसान्तभित्र सबै नागरिकलाई कोभिडविरुद्धको खोप लगाईसक्ने लक्ष्य तय गरेको थियो । तर सरकारको लक्ष्य नमच्चिने पिङको सय झट्का भनेझै भएको छ ।निरन्तर खोप लगाउन पाउनु सर्वसाधरणको अधिकार भएपनि सरकारको खोप अभियान किस्ता किस्तामा केन्द्रित छ । सरकारको लक्ष्य सीमासमय ४ महिना मात्र बाँकी छ तर आधा भन्दा बढी जनसंख्या खोपको प्रतिक्षामा छ । कतिपय सर्वसाधरण खोपबारे वेखबर छन ।
सरकार आफ्नो लक्ष्य पुरा गर्ने योजनामा भन्दा आन्तरिक राजनीतिक अस्तव्यस्ततका कारण खोप अभियान प्रभावकारी बन्न सकेको छैन । मौज्दात र खोप भण्डार पूर्वधारको कमी मात्र छैन अन्य मुलुकसँग निर्भर खोप भित्¥याउन कुटनीतिक प्रयास न्यून छ भने अझै पनि जोखिममा रहेका धेरै सर्वसाधरण खोप कहाँ कसरी लगाउने अनविज्ञ छ ।
प्रतिक्रिया