राजनीति

सभापतिमा को बलियो ? यसकारण हार्न सक्छन् देउवा, शेखर, प्रकाशमान र निधिको मतभार यस्तो छ (भिडियोसहित)


काठमाडौँ — नेपाली काँग्रेसकोसभापतिका लागि ६ नेताको उम्मेद्वारी परेपनि एकले फिर्ता लिएसँगै पाँच नेता चुनावी मैदानमा छन् । संस्थापनको नेतृत्व गरेका शेरबहादुर देउवा पहिलो चरणमै चुनाव जित्नुपर्ने दबाबमा छन् । इतर पक्षका उम्मेद्वार भने दोस्रो चरणबाट देउवालाई हराउन चाहन्छन् ।जसका आ–आफ्नै अंकगणित छन् ।

पार्टीको सभापतिमा पराजित भए प्रधानमन्त्रीबाटै हटाउँछन् भन्दै शेरबहादुर देउवाले आफुलाई जिताउनै पर्ने दबाब महाधिवेशन प्रतिनिधिलाई दिए ।मुलतः अहिले सभापति हारेको खण्डमा नैतिकताले पनि प्रधानमन्त्रीमा बस्न पाइदैन भन्ने बुझेका देउवा यसैकारण पनि सभापति जित्नै पर्ने दबाबमा छन् ।

काँग्रेसको आगामी नेतृत्वका लागि ६ जनाले सभापतिमा उम्मेद्वारी दिएका थिए । त्यसमध्येका एक युवराज न्यौपानेले उम्मेद्वारी फिर्ता लिएका छन् ।देउवासहित बाँकी रहेका शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ चुनावी मैदानमा छन् । देउवा पहिलो चरणमै चुनाव जित्ने दाउमा छन् भने इतर पक्षका उम्मेद्वारीदोस्रो चरणबाट देउवालाई हार खुवाउन खोजिरहेका छन् ।जसका आ–आफ्नै अंकगणित छन् ।

चार हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधिमध्ये संस्थापनको मात्रै १७ सय मत रहेको दाबी देउवा पक्षको छ । त्यसमा समीकरणसहित जोडिएकासिटौलाले७ सय मत आफ्नो रहेको दाबी गरेपछि दुबैको २४ सय हुन आउँछ । उनीहरुको दाबी अनुसार नै मत आए देउवाले पहिलो चरणमै चुनाव जित्ने छन् । तर देउवाको यो सम्भावनामाथि संस्थापन इतरका उम्मेद्वारले कैंची चलाएका छन् ।

फुटेको रामचन्द्र पौडेल पक्षबाट उम्मेद्वारी दिएका दुई मध्ये शेखर कोइराला आफ्नो पक्षमा १२ सय मत रहेको दाबी गर्छन । ओझपूर्ण व्यक्तित्व र सबैभन्दा धेरै मतदाता रहेको काठमाडौंमै आफ्नो पकड रहेको दाबी गर्ने प्रकाशमान सिंह पक्षले भने शेखरभन्दा बढ्ता मत ल्याएर दोस्रो हुने दाबी गरिरहेको छ ।संस्थापनबाट चोइटीएका निधिको मत पाँच सय आँकिएको छ ।शेखर, प्रकाशमान र निधि मिल्दा २५ सय बढी मत आए चुनाव दोस्रो चरणमा जानेछ ।उनीहरुबीच गठबन्धन बने देउवा पराजित हुनुपर्नेसम्मको अवस्था आउनेछ ।किनकि केही नेताहरुले दोस्रो चरणमा चुनाव जाने र गठबन्धन गर्ने संकेत गरेका छन् ।

निधिको वर्चश्व रहेको प्रदेश दुईका८ जिल्लामा अधिवेशन नै भएको छैन । यहाँ को कति निर्णायक भन्ने एकिन गर्न मूस्किल छ । देउवा पक्ष धनुषाबाहेकका जिल्लामा निधिले मत काट्न नसक्ने तर्क गरिरहेको छ । यता वीपीको छाप तराईमा राम्रो रहेका कारण त्यसको फाइदा शेखरले उठाउन सक्छन् ।महाधिवेशन प्रतिनिधिमै हारेका अमरेश सिंह लगायतका नेताकोे भूमिका पनि यहाँ निर्णायक रहनेछ । यतिबेला प्रदेश दुई सबै समूहका लागि निर्णायक मानिएको छ ।

देउवा पक्ष सुदुरपश्चिम र कर्णालीको मतभार हेर्दै पहिलो चरणमै विजय हुने दाउमा छ । तर यहाँ महामन्त्रीमा आकंक्षा देखाएका तर टीम व्यवस्थापनले केन्द्रीय सदस्यमै थन्कीएका रमेश लेखक र एनपी साउदको भूमिकाले पनि अर्थ दिनेछ ।

सबैभन्दा धेरै मत रहेको उपत्यकाबाटसभापतिको उम्मेद्वार बनेको प्रकाशमान सिंहलाई ललितपुर काठमाडौं जिल्ला सभापतिको पूर्ण साथ रहेको छ । तर गगनसँग मत बाँडिने छ । प्रतिपस्र्धाबाट बाहिरीएका पौडेलसँग देउवाको भेटघाट भएको छ । पौडेल चुपबस्दा देउवालाई फाइदा पुग्न सक्छ ।शेखर र प्रकाशमानले टीम फुटाएपछि पौडेल पक्षका केही नेताहरुसन्तुष्ट छैनन् । उनीहरुले कसलाई मत दिन्छन् त्यो पनि निर्णायक रहनेछ ।पहिलो चरणबाटै निर्वाचित भए देउवालाई सहज हुनेछ । दोस्रो चरणमा गएर इतर पक्ष एक भए देउवा पराजित हुनेसम्मको अवस्था आउनेछ ।।