राजनीति

अप्राकृतिक गठबन्धनले पौडेलको ६० बर्ष लामो राजनीतिमा पूर्णविराम (भिडियोसहित)


काठमाडौँ — आफूभन्दा एकवर्ष कान्छा शेरबहादुर देउवासँग १३ औं महाधिवेशनमा पराजित रामचन्द्र पौडेल १४ औं महाधिवेशनमा एक भएर देउवालाई हराउन चाहन्थ्ये । तर आफ्नै टीम फुटेपछि आँशु पुछ्दै घर फर्किने घोषणा गरेका छन् ।

गहँभरि आँशु, गरुंगो मन, अनि टिलपिल आँखा । केहीबेर यताउती हेरेपछि रामचन्द्र पौडेलले आँशु पुछ्दै भने, ‘अब म राजनीतिक प्रतिस्पर्धामा छैन।’आफ्नै आँखा अघि आफैले नेतृत्वको गरेको टीम दुई टुक्रा भएपछिपौडेल भावुक बनेका थिए ।

कांग्रेसका संस्थापक नेताद्वय गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई जीवनको उत्तराद्र्धमा पार्टीबाट अलग भएका थिए । तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नीति र कार्यशैलीगत व्यवहारका कारण जसरी सिंह र भट्टराईले पार्टीबाट अलग हुने बाटो रोजे, करिब त्यस्तै नियतिमा पौडेल छन् ।

त्यतिबेला गणेशमान र किसुनको गुनासो गिरिजाप्रसादसँग थियो । पौडेलको गुनासो सिंहपुत्र प्रकाशमान र गिरिजाप्रसादका भतिज शेखरप्रति छ । किनकि जति कोशिस गरेपनि यी दुवैको सभापति बन्ने महात्वाकांक्षाका अघि निरीह बनेका पौडेलझण्डै ६० बर्ष लामो राजनीतिक जीवनलाई पूर्णविराम लगाएर घर फर्किने तयारीमा छन् ।

आफैले नेतृत्व गरेको समूहमा सभापतिको साझा उम्मेदवार बन्न नसकेपछि शनिबार उनले केन्द्रीय सदस्यमा पनि उम्मेदवारी दिएनन् । अप्राकृतिक र अनेपक्षित गुट, उपगुट र सत्तास्वार्थले पार्टीको कार्यकारी पदबाट बिदा लिएका उनले राष्ट्रिय राजनीतिको भूमिकामा भने रहिरहने सन्देश छोडे । तर पार्टी र सरकारको पहिलो पदमा नपुगी विश्राम लिनुको पीडा भने पौडेललाई सधंै रहनेछ ।

प्रधानमन्त्रीको प्रतिस्पर्धामा १७ पटकको अविराम असफलता र पार्टी राजनीतिमा दोस्रोमै खुम्चिएका पौडेल १४ औं महाधिवेशनमा समेत प्रतिस्पर्धा गर्न चाहन्थ्ये । समूहभित्र सहमति भए दोस्रोको बाधक नबन्ने नत्र सबैको साझा बनेर आफै सभापति लड्ने तयारी गरेका थिए । तर योजना बमोजिम नेताहरु नचलेपछि उनीस्पर्धाको दलदलबाट अलग्गीएकोघोषणा गर्न बाध्य बने । तर पनि पौडेलको बाँकी भूमिका अब आउनेनेतृत्वको निर्णय र उनकै रोजाइमा भर पर्ने देखिन्छ ।