बिजनेस

प्रचण्डको अभिव्यक्तिले शेयर बजार अस्तव्यस्त, कहिले होला सुधार ? (भिडियोसहित)


काठमाडौँ — यतिवेला नेपालको शेयर मार्केटमा निरन्तर गिरावट आईरहेको छ । केन्दीय बैंकको नीतिका कारण बजार घटेको भनेर विश्लेषण भै रहदाँ शनिवार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले लगानीकर्ताको मनोवल खस्कीने गरी एक अभिव्यक्ती दिए । जसले गर्दा बजारमा थप संनाटा छाएको छ ।

नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिवार एक अभिव्यत्ती दिए, जुन शेयर बजार सँग प्रत्यक्ष सम्वन्धित थियो । औद्योगिक क्षेत्रमा लगाउनु पर्ने पूँजीको लगानी पूँजी बजारमा हुनु साम्राज्यवादको विकसित रुप भएको भन्ने उनको अभिव्यक्तीले नेपाली शेयर बजारमा उच्च अंकको गिरावट समेत आएको छ ।

शनिवार माओवादी केन्द्रको प्रदेश सम्मेलनलाई काठमाडौंबाट एकैसाथ उद्घाटन गर्दै अध्यक्ष प्रचडले पछिल्लो समय पूँजीको लगानी उद्योग र उत्पादनका क्षेत्रमा हुन छाडेर पूँजी बजारमा लगानी हुनु साम्राज्यवादको विकसित रुप भएको बताएका थिए ।

अध्यक्ष प्रचण्डले एकाधिकार पूँजीवाद र संशोधनवाद जोडिएर वित्तीय एकाधिकार पूँजीवादमा भूमण्डलीकृत पूँजीवाद बन्दै गएको भन्दै यसलाई निस्तेज गर्ने गरी पूँजी बजारको विषयमा पार्टीको दस्तावेजमा नै समावेश गराउने योजना सुनाए । अध्यक्ष प्रचण्डले शेयर बजार प्रति लक्षित गर्दै पहिले पहिले पूँजीको लगानी उद्योग र उत्पादनका क्षेत्रमा हुने गरेको तर, अहिले लगानी पूँजी वा दोश्रो बजारमा हुनु वित्तीय पुँजीवादको विशेषता भएको आरोप लगाए ।

प्रचण्डले नेपाल लगायत विश्वभर नै पूँजीको लगानी धितोपत्र, सट्टा बजार, आईएमएफ, विश्व बैंक र एसियाली बैकहरुमा हुने गरेको बताए । त्यसो त, प्रचण्ड मात्र त्यस्ता राजनीतिज्ञ होइनन् जसले बजार विरोधि अभिव्यक्ती दिए । यो भन्दा पहिले पनि तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले शेयर बजारलाई जुवा घरको संज्ञा दिए सँगै बजारमा उच्च गिरावट आएको थियो भने ओली सरकारका अर्थमन्त्री युवराज खतिवडाले अनुत्पादक क्षेत्र भने पछि बजारमा निरत्र गिरावट आएको थियो ।

विशेषगरीे शेयर बजारका लगानीकर्ताको मनोवल गिर्ने परिस्थीती आए विश्वमै बजारमा नकारात्मक प्रभाव पर्ने गर्छ । त्यो स्थीती नेपालमा पनि बेला बेला उच्च पदस्थ व्यक्तीत्वको अभिव्यक्तीले सिर्जना गर्दै आएको छ । अहिले अर्थतन्त्र सुस्त गतिमा चलिरहेको छ ।

खासै उत्साहप्रद कुनै घटना परिघटना देखिएका छैनन् । विशेषत बैकिंङ क्षेत्रमा देखिएको कर्जा प्रवाह गर्न नसक्ने समस्याले गर्दा बैकिंङ क्षेत्र नै तहसनहसको अवस्थामा पुगेको छ । यस्तो वेला प्रचण्डको अभिव्यक्तीले बजारमा थप संनाटा छाएको छ ।