राजनीति

सित्तैमा काँग्रेसको भोज : झ्याप्प प्लेटभरी मासु हालेर फाल्नुसम्म फाले, खसी, कुखुरा र माछा पचेन काँग्रेसीलाई (भिडियोसहित)


काठमाडौँ — नेपाली काँग्रेसको १४ औँ महाधिवेशनस्थल काठमाडौँको भृकुटीमण्डपमा देशभरबाट आएका प्रतिनिधिहरुलाई खाना तथा खाजाको प्रवन्ध मिलाइएको छ । पार्टीकै खर्चमा भोजनको व्यवस्था मिलाईएको हो । तर प्रतिनिधिहरुले खानामा लापर्वाही गर्दा आधाभन्दा धेरै खाना फालिएको छ ।

झ्याप्प प्लेटभरी खाना हालेर ल्याउने, खाइसकिन्छ की सकिन्न थाहा छैन तर ल्उान चाहीँ ल्याउने र खाइ नसके फालिन्छ के छर गोजीको जाने होइन, पार्टीले खुवाउने त हो । सायद काँग्रेसका प्रतिनिधिहरु यही सोँचीरहेका होलान् । यदी नसोँच्दो हो त प्लेटका प्लेट यति धेरै खाना खेर जाने थिएन । यी दृश्यहरु नेपाली काँग्रेसको महाधिवेशनस्थल भृकुटी मण्डपको हो यो । प्लेटमा राखेको आधा पनि खाइएको छैन, अधिकांश फालिएका छन् ।

सित्तैमा पाएको खाना भन्दैमा यसरी मनलागि गर्न पाइन्छ र ? अन्नको खेर नगर्नु अन्नले सराप्छ भन्ने त पुरानो कथन नै छ । सम्भवत काँग्रेसका् महाधिवेशन प्रतिनिधि भएर देशभरबाट आएका यी मानिसहरु अज्ञानी वा अबुझ त पक्कै छैनन् । तर खानामा यो हदसम्मको हेलचक्र्याइँले चाहीँ काँग्रेसीहरुले आफ्नै इज्जतमा लात हानिरहेका छन् ।

भोजनका लागि नेपाली काँग्रेसले दियालो क्याटरिङ र अनुपम फुडल्याण्डलाई जिम्मा दिएको थियो । खानामा खसी, कुखुराको मासु देखि माछासम्मको मिष्ठान्न भोजनको व्यवस्था गरिएको छ । खानाको गुणस्तरीयतामा कसैले पनि गुनासो गरेको सुनिएन । तर पनि यो हदसम्मको लापर्वाहीबाट अन्य सहभागी पनि लज्जबोध गरिरहेका छन् ।

देशको अझैपनि लाखौँ मानिस चामलको भात खानलाई दशैँ तिहार जस्ता पर्व कुरेर बस्नु पर्ने स्थिति छ । तर काँग्रेसको महाधिवेशन नामक यो पर्वमा पनि थप्रै महाधिवेशन प्रतिनिधिलाई दशैँको भोजन लागेको छ । काठमाडौँकै सडक पेटीहरुमा एक पेट खान नपाएर हात फिजाएर बस्नेहरुको लाइन छ । तर काँग्रेसीहरुलाई सित्तैको भातको मात लागेको छ ।

खानामा मात्रै होइन सफाईमा पनि काँग्रेसजनहरु कति चुकेका छन् भन्ने यो दृश्यहरुले देखाउँछ । फोहोर गर्नेहरु हजारौँ छन् सफाई गर्नेहरु चाहीँ शुन्यप्राय । पोस्टर पमप्लेटकहरुको त परको कुरा, पानीका बोतलदेखि श्रृजित फोहोर कम गर्न प्रतिनिधिहरुको पटक्कै ध्यान गएको देखिन्न ।काँग्रेसले विहानदेखि बेलुकासम्म खाना तथा नास्ताका लागि सबै व्यवस्थापन गरेको छ । दैनिक १० हजारभन्दा बढि काँग्रेसीहरुले यहाँ भोजन ग्रहण गर्दछन् ।

जबकी काँग्रेसको महाधिवेशन प्रतिनिधि देशभरबाट करिब ४ हजार ७ सय ४३ जना मात्रै छन् । भोजन तथा आवास व्यवस्थापन समितिले खाना खानेको संख्या बढि भयो भन्नेमा गुनासो गरेको छैन तर खानसक्ने भन्दा बढि प्लेटमा राखेर खेर फाल्ने कार्यबाट चाहीँ व्यवस्थापकलाई पनि चित्त दुखेको छ । देशभरबाट आएका यी प्रतिनिधिहरु चेतनशिल समूहभित्र पर्दछन् तर चेतनशिल समूहबाट भएका यस्ता त्रुटीले सन्देश चाहीँ गलत दिएको छ ।