राजनीति

देउवालाई शेखरको जवाफ : नेतृत्व परिवर्तन हुन्छ, हुन्छ हुन्छ


काठमाडौँ — नेपाली काँग्रेसका सभापतिका उम्मेदवार शेखर कोइरालाले भोलि हुने निर्वाचनबाट नेतृत्व परिवर्तन भइछाड्ने बताएका छन् ।

सभापतिका अर्का उम्मेदवार शेरबहादुर देउवाले पार्टीमा आफ्नो नेतृत्व नभए सरकार ढल्ने अभिव्यक्ति दिएको भन्दै उनले कटाक्ष गर्दै नेतृत्व परिवर्तन भइछाड्ने बताएका हुन् । देउवाको सो अभिव्यक्तिले आम नेता कार्यकर्तालाई निराश पारेको पनि कोइरालाले बताए ।

आइतबार साँझ राजधानीमा पत्रकार सम्मेलन गरेर उनले भने, ‘म हारेँ भने यो गठबन्धन सरकार जान्छ, भनेर भनिदिनुभयो । साथीहरु म भन्छु, नेतृत्व परिवर्तन हुन्छ हुन्छ हुन्छ … सँगसँगै नेतृत्व परिवर्तनपछि गठबन्धन सुदृढ र संगठित भइकन निर्वाचनमा होमिन्छौं । यो सरकारलाई अझ मजबुत गर्ने प्रयास हाम्रो नेतृत्वले गर्छ ।’​