काठमाडौँ – साताको पहिलो कारोबारको दिन आइतबार पनि शेयर बजारमा उच्च अंकको गिरावट आएको छ ।
आइतबार शेयर बजारमा ८८ दशमलब ७० अंकले गिरावट भइ दुई हजार तीन सय ६१ दशमलब २७ विन्दुमा बजार बन्द भएको छ । नेपाल स्टक एक्स्चेञ्ज सूचकांकमा दैनिक उच्च अंकको गिरावटसँगै कारोबार पनि न्युनहुँदै गएको छ ।
आज तीन अर्ब १९ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया