राजनीति

दुर्गा प्रसाई एमाले केन्द्रीय सदस्यमा मनोनित


काठमाडौँ — नेकपा एमालेको केन्द्रीय कमिटीमा १० प्रतिशत सदस्य मनोनित गरिएको छ । भक्तपुरमा दुई दिनदेखि जारी केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकबाट अध्यक्ष केपी शर्मा ओलीले मनोनित हुनेहरूको सूची पढेर सुनाएका हुन् ।
एमाले केन्द्रीय कमिटी सदस्यमा मनोनित हुनेमा झापास्थित बीए एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाई पनि रहेका छन् । त्यसैगरी एमाले केन्द्रीय कमिटी सदस्य हुनेमा अनेरास्ववियुका पूर्व अध्यक्ष ऐन महर पनि छन् ।

त्यसैगरी भूगोलबाट छुटेका पर्वतका पदम गिरी पनि केन्द्रीय सदस्य बनेका छन्। युवा संघका पूर्वअध्यक्ष रमेश पौडेल पनि केन्द्रीय सदस्य भएका छन् ।