राजनीति

सिटौलाले मागे देउवाका लागि भोट


काठमाडौँ — नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले १४ महाधिवेशन अन्तर्गत सोमबार हुने मतदानका लागि शेरबहादुर देउवाको प्यानललाई भोट मागेका छन् ।

मतदानको अघिल्लो दिन आयोजित कार्यक्रममा सिटौलाले सडकमा बसेर आफूले देउवालाई समर्थन गर्ने बताए । देउवाको टीममा परिपक्कदेखि युवा टिम रहेको भन्दै उनले भने, शेरबहादुर देउवालाई सभापतिमा किन निरन्तरता नदिने ? के बिग्रिएको छ ? ’

अनेक विवादका बीच देउवाले पार्टीलाई बचाएको र अब पनि एकतावद्ध बनाउन सकिने उनले बताए । देउवाका लागि भोट माग्दै सिटौलाले भने, ‘ अबको केही महिनापछि चुनाव गर्नुपर्नेछ । सभापतिमा हारेको प्रधानमन्त्री बोकेर चुनावमा जाने ? ’