राजनीति

कांग्रेस महाधिबेशन : केन्द्रीय सदस्यमा सोलुका १० जनाको उम्मेदवारी


काठमाडौँ — नेपाली कांग्रेसको १४ औँ महाधिबेशनमा सोलुखुम्बुबाट १० नेताले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका छन् । यस अघि केन्द्रीय उपसभापतिको तयारी गरेका पुर्वमन्त्रि बलबहादुर केसीले अन्तिम समयमा आएर केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । उनी संस्थापनइतर समूहका नेता मानिन्छन् ।

त्यस्तै केन्द्रीय सदस्यमा पुर्व पार्टी सभापति आङगेलु शेर्पाले आदिबासी जनजाति तर्फ उम्मेदवारी दिएका छन् । उनले संस्थापन समूहको साथ पाएका छन् । त्यस्तै नेताहरु प्रभुराम बस्नेत, खिलराज बस्नेत, प्रकाशसिंह कार्की, मनोज खड्का, आङछिरिङ शेर्पा, कुशराज राई, छुण्डिल्हमु शेर्पा र धर्मबहादुर नेपालीले उम्मेदवारी दर्ता गराएका हुन् ।

केसी, कार्की र खड्काले खुला तर्फ केन्द्रीय सदस्यमा उम्मेदवार दिएका हुन् । उनीहरु कस्को प्यानलबाट निर्वाचन लड्दैछन् भन्ने विषयको टुंगो लागेको छैन् । नेपालीले दलित कोटामा उम्मेदवारी दिएका छन् भने छुण्डिल्हमु शेर्पाले आदिबासी जनजाति महिला कलष्टरबाट निर्वाचन लड्दैछिन् ।

आङगेलु, आङछिरिङ र कुशराज आदिबासी जनजाति पुरुष कलष्टरबाट निर्वाचन फेस गर्दै छन् । आङगेलु संस्थापन पक्षबाट निर्वाचन लड्दैछन् भने अन्यको प्यानल फाईनल भएको छैन् । प्रभुराम बस्नेत खुला खस आर्य र खिलराज बस्नेतले प्रदेश नं १ को खुला पुरुष कोटाबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका हुन् ।