देश

तीन दिनसम्म महानगर दिवस मनाउँने


काठमाडौँ – काठमाडौँ महानगरपालिकाले यस वर्ष तीन दिन महानगर दिवस मनाउने भएको छ । आज काठमाडौँमा आयोजित एक कार्यक्रममा महानगरपालिकाले यस वर्ष आउँदो मंसिर २७ देखि २९ गतेसम्म तीन दिन महानगर दिवस मनाउने निर्णय गरेको हो ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले २०५२ सालमा काठमाडौं महानगरपालिका घोषणा गरेदेखि यता हरेक वर्ष मंसिर २९ गतेलाई महानगर दिवसको रुपमा मनाउने गरिएको बताउनु भयो । उहाँले २७ औँ महानगर दिवसमा,सेवाग्राही सर्वेक्षण, ज्येष्ठ नागरिकलाई निमोनियाको निःशुल्क खोप शुरुवात, तथा स्वास्थ्य शिविर, विशेष सरसफाइ, खेलकुद, सांस्कृतिक कार्यक्रमहरु आयोजना गरिने पनि बताउनु भयो ।

प्रवक्ता डंगोलले २०७२ को महाभूकम्प, नाकाबन्दी र कोरोना महामारीलाई मध्यनजर गर्दै महानगरले आफूसँग भएका श्रोत साधनलाई प्रयोग गरेर महानगरवासीको सेवामा तल्लीन रहेको बताउनु भयो ।