राजनीति

‘मलाइ सभापतिमा जिताउनुहोस्, नत्र प्रधानमन्त्रीबाट हटाउँछन्’


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले १४ औं महाधिवेशनबाट आफू सभापति चुनिएको खण्डमा सरकार राष्ट्रिय चुनावसम्म टिकिरहने बताउनु भएको छ । आज काठमाडौंमा आयोजित नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत प्रतिनिधिहरुलाई बधाई तथा शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले आफू सभापति चुनिएको खण्डमा सरकार राष्ट्रिय चुनावसम्म टिकिरहने बताउनु भएको हो ।

प्रधानमन्त्री देउवाले सभापति हारेको खण्डमा नैतिकताले पनि प्रधानमन्त्रीमा बस्न नमिल्ने भन्ने कुरा आइरहेकोले सभापति जित्नैपर्ने आवश्यकता रहेको बताउनु भयो । प्रधानमन्त्री देउवाले केपी शर्मा ओलीलाई हटाएर आफू प्रधानमन्त्री बन्न सफल भएको र पार्टी सभापतिमा जिते मात्रै सबै दलहरुलाई लिएर स्थानिय तहदेखि केन्द्रिय तहसम्मको सरकार बनाउने बताउनु भयो ।

उहाँले आफूलाई महाधिवेशनमा जिताए सबैका माग पूरा गर्ने र नेपाली काँग्रेसलाई कुनै व्यक्तिको नभइ सबैको पार्टी बनाउने प्रतिवद्धतासमेत जनाउनु भयो ।