राजनीति

न्यौपानेद्वारा सभापतिबाट उम्मेदवारी फिर्ता, अबको समर्थन कोइरालालाई


काठमाडौँ – सभापतिमा उम्मेदवारी दर्ता गराएका युवराज न्यौपानेले उम्मेदवारी फिर्ता लिने भएका छन् । उनले महाधिवेशनस्थ भृकुटीमण्डपमा पत्रकारहरुसँग कुरा गर्दै आफूले उम्मेदवारीबाट नाम फिर्ता लिन लागेको बताएका हुन् । निर्वाचन कार्यालयमा गएर केहीबेरमै उम्मेदवारी फिर्ता लिएको सूचना दिने उनले बताए ।

गोरखाका न्यौपानेले अब आफ्नो समर्थन सभापतिका अर्का उम्मेदवार शेखर कोइरालालाई रहेको पनि स्प्रष्ट पारेका छन् । उनले कोइरालाको प्यानल प्रगतिशील रहेको भन्दै आफ्नो समर्थन कोइरालालाई रहेको बताएका हुन् ।

यसअघि शनिबार न्यौपानेले नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा सभापतिको पदमा उम्मेदवारी दर्ता गराएका थिए ।