राजनीति

गगन र विश्वप्रकाशलाई भोट माग्दै माओवादी नेता तामाङ


काठमाडौँ – माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष रञ्जित तामाङले नेपाली कांग्रेस महाधिवेशनको महामन्त्रीमा उम्मेदवारी दिएका गगन थापा र विश्वप्रकाश शर्मालाई मतदान गर्न आग्रह गरेका छन् । उनले कांग्रेसमा युवा पुस्ताको आवश्यक रहेको भन्दै थापा र शर्मालाई मतदान गर्न आग्रह गरेका हुन् ।

तामाङले सामाजिक सञ्जालमा लेख्दै कांग्रेसलाई थप शसक्त बनाउनका लागि विश्वप्रकाश र गगन जस्ता युवाहरु कांग्रेसमा आवश्यक रहेको बताए । दुई युवा नेताहरु नेतृत्वमा आएमा कांग्रेस थप बलियो बन्ने उनले बताए । साथै, आफूहरु (माओवादी) लाई कमजोर कांग्रेस भएमा प्रतिष्पर्धा गर्न सहज हुने भन्दै टिप्पणी गरेका छन् ।

कांग्रेसको १४औँ महाधिवेशनका लागि विश्वप्रकाश र गगनले फरक फरक प्यानलबाट उम्मेदवारी दिएका छन् । विश्वप्रकाशले प्रकाशमान सिंह र गगनले डा.शेखर कोइरालाको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएका हुन् ।