राजनीति

उम्मेदवारको अन्तिम नामावली प्रकाशनको तयारी, भोलि मतदान


काठमाडौँ – नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत निर्वाचन समितिले उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्ने तयारी गरेको छ । इच्छुकले मनोनयन दर्ता फिर्ता लिएपछि समितिले उम्मेदवारको अन्तिम नामावली प्रकाशनको तयारी गरेको हो ।

आज बिहान ११ बजेसम्म उम्मेदवारले मनोनयन फिर्ता लिने समय निर्वाधारण गरिएकोमा निर्वाचन समितिले साढे १ घन्टा थपेको थियो । हिजो बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म उम्मेदवारहरूले मनोनयन दर्ता गरेका थिए । सभापतिमा ६ जनाको उम्मेदवारी परेको छ ।

उम्मेदवारी मनोनयन दर्ताउपर दाबी, विरोध र जाँचबुझ शनिबार बेलुकी ७ बजेसम्म मात्रै थियो । मतदान भने भोलि बिहान ८ बजेदेखि भृकुटीमण्डप, नेपाल पुलिस क्लव र राष्ट्रिय सभागृहमा हुनेछ ।