राजनीति

उम्मेदवारी फिर्ता लिने समयमा हेरफेर, साढे एक घण्टा लम्बियो


काठमाडौँ – नेपाली काँग्रेस १४ औं महाधिवेशनमा उम्मेदवारी मनोनयन दर्ता फिर्ता लिने समयमा फेरबदल गरिउको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले उम्मेदवारी फिर्ता लिने समय साढे एक घण्टा थपेर १२:३० बजे सम्म लम्ब्याएको छ ।

यसअघि आइतबार बिहान ११ बजेसम्मका लागि उम्मेदवारी फिर्ता लिने समय तय गरेका गरेको भएपनि मा साढे एक घण्टा थपेको हो । थप गरिएको समयसँगै मनोनयन दर्ता गराएको उम्मेदवारीले चाहेमा साढे १२ बजेसम्म आफ्नो उम्मेदवारी फिर्ता लिन लिन सक्नेछन् ।

शनिबार १३४ पदका लागि ५४८ जनाले मनोनयन दर्ता गराएका थिए । निर्वाचन समितिले शनिबार मध्यराति नेपाली वर्णानुक्रमानुसार उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेको थियो । जसअनुसार सभापतिमा ६ जनाले उम्मेदवारी दर्ता गराएका छन्