राजनीति

मीन विश्वकर्माले लिए उम्मेदवारी फिर्ता


काठमाडौँ – नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि केन्द्रीय सदस्यमा मनोनयन दर्ता गराएका मीन विश्वकर्माले उम्मेदवारी फिर्ता लिएका छन् । शनिबार दलित खुलाबाट केन्द्रीय सदस्यमा मनोनयन दर्ता गराएका विश्वकर्माले आज आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।

उम्मेदवारहरुको मनोनयन फिर्ता लिने समयमा विश्वकर्माले केन्द्रीय निर्वाचन समितिलाई पत्र लेख्दै उम्मेदवारको सूचीबाट नाम हटाइदिन आग्रह गरेका थिए । पाँच जना दलित खुला केन्द्रीय सदस्यका लागि २७ जनाले उम्मेदवारी दिएका थिए ।

कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिबार उम्मेदवारी दर्ता भएको थियो । उम्मेदवारहरुको मनोनयन फिर्ता लिने समय आज बिहान ११ बजेसम्म छ । आजै सवा १२ बजे अन्तिम नामावली प्रकाशन गर्ने र भोलि बिहान आठ बजेदेखि मतदान गर्ने निर्वाचन तालिका छ।