राजनीति

माओवादीको प्रदेश कार्यसमिति आज चयन हुँदै


नेकपा (माओवादी केन्द्र)को प्रदेश सम्मेलनअन्तर्गत आज नेतृत्व चयन हुँदैछ । सात भौगोलिक र दुई गैरभौगोलिक गरी नौ प्रदेशमा आज कार्यसमिति चयन हुने छ ।

माओवादी केन्द्रले सात भौगोलिकसहित उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश समिति गठन गरेको छ । प्रवासबाहेक नौ प्रदेशको बन्दसत्रले आज नेतृत्व चयन गर्ने माओवादी केन्द्रले जनाएको छ । सकेसम्म सबै प्रदेशमा कार्यसमिति सर्वसम्मतिले चयन हुने नेताहरूले बताएका छन् ।

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ गतेसम्म संघीय राजधानी काठमाडौंमा हुँदैछ ।