विदेश

अमेरिकामा टोर्नाडोका कारण कम्तिमा ७० जनाको मृत्यु


काठमाडौँ – अमेरिकाको केन्टकीमा टोर्नाडोका कारण ७० जना भन्दा बढीको मृत्यु भएको छ । टोर्नाडोले ठूलो मानवीय तथा भौतिक क्षति गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

मृत्यु हुनेको संख्या सय भन्दा बढी पुग्ने अनुमान गरिएको छ । टोर्नाडोले मैनबत्ती उद्योगसहितलाई ध्वस्त पारेको हो । भत्किएका भग्नावशेषहरुमा उद्धारकर्मीले फसेकाहरुको खोजी गरिरहेका छन् । केन्टकीको मेफिल्ड टाउन टोर्नाडोका कारण सबैभन्दा धेरै प्रभावित भएको छ । ४० जना भन्दा धेरैको उद्धार गरिएको केन्टकीका गभर्नरले बताएका छन् ।

टोर्नाडोका कारण विद्युत तथा पानी सेवा प्रभावित भएको छ । दशौँ हजार मानिस पानी तथा बिजुलीको अभावमा रहेका छन् । राष्ट्रपति बाइडेनले टोर्नाडोबाट प्रभावित भएकाहरुका लागि सक्दो सहयोग गर्ने बताएका छन् ।