राजनीति

एमाले केन्द्रीय कमिटी बैठक आज पनि


काठमाडौँ – नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज पनि जारी रहने भएको छ । १५ वटा एजेन्डामाथि छलफल गर्न एमाले बैठक हिजो सुरु भएको हो ।

भक्तपुरको गठ्ठाघरमा जारी दुई दिने बैठकले राष्ट्रिय राजनीति र आन्तरिक विषयमा महत्वपूर्ण निर्णय लिने नेता शेरबहादुर तामाङले जानकारी दिनुभयो । बैठकले पार्टीको केन्द्रीय सल्लाहकार परिषद् गठन गर्नुका साथै आगामी पुस २३ गते जिल्ला अधिवेशन एकै साथ र माघ ८ गते सबै प्रदेश कमिटीको अधिवेशन एकै साथ गर्ने निर्णय गरेको छ ।

विधानमा आवश्यक सम्पादन गर्न र पार्टीको नियमावली संशोधन गर्न कार्यदल समेत एमालेले गठन गरेको छ ।