राजनीति

मध्यरातमा देउवा पौडेल निवासमा, राष्ट्रका लागि पौडेलको आवश्यक भएको जिकिर


काठमाडौँ – नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका प्रत्याशी शेरबहादुर देउवा मध्यराति वरिष्ठ नेता रामचन्द्र पौडेलको निवास पुगेको खुलासा भएको छ । देउवाले बोहोराटार पुगेर पौडेललाई राजनीतिबाट सन्यास नलिन आग्रह गरेको पौडेल निकट स्रोतले बताएको छ ।

करिब एकघण्टा लामो भेटघाटमा देउवाले भने– “राष्ट्रका लागि तपाईंको आवश्यकता छ । राजनीतिबाट बाहिर हुने कुरा नगर्नुस् र स्वास्थ्य राम्रो राखेर बस्नुस् भन्नुभयो,” देउवाको भनाइ उद्धृत गर्दै पौडेल निकट स्रोतले जानकारी दिएको हो ।

पौडेललाई देउवालाई सत्ताको प्रभाव पार्टीको राजनीतिमा प्रयोग नगर्न आग्रह गरेका थिए । पौडेलले महाधिवेशनमा आफ्नो सिद्धान्त,आदर्शभन्दा विपरीत अस्वस्थ प्रतिष्पर्धा हुने देखेर महाधिवेशनबाट बाहिरिएको बताएका थिए ।