राजनीति

कांग्रेसका नेताहरू प्यानलसहित चुनावी मैदानमा, बिहान ११ बजेसम्म मनोनयनपत्र फिर्ता लिन पाउने


काठमाडौँ – नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत उम्मेदवारहरूले आज मनोनयन दर्ता फिर्ता लिन पाउने छन् । हिजो मनोनयन दर्ता गरेकामध्ये इच्छुकले आज मनोनयन दर्ता फिर्ता लिन सक्ने कार्यतालिका छ ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार बिहान ११ बजेसम्म उम्मेदवारले मनोनयन फिर्ता लिन सक्नेछन् । शनिबार बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म उम्मेदवारहरूले मनोनयन गरेका थिए । सभापतिमा ६ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी मनोनयन दर्ताउपर दाबी, विरोध र जाँचबुझ शनिबार बेलुकी ७ बजेसम्म मात्रै थियो । उम्मेदवारको पहिलो नामावली प्रकाशित भइसकेको छ ।

उम्मेदवारको अन्तिम नामावली मध्यान्ह सवा १२ बजे प्रकाशन गर्ने तालिका रहेको छ । मतदान भने भोलि बिहान ८ बजेदेखि भृकुटीमण्डप, नेपाल पुलिस क्लव र राष्ट्रिय सभागृहमा हुनेछ ।