राजनीति

कांग्रेस महाधिवेशनः मनोनय दर्ताको क्रममा देखिए रोचक दृश्य


काठमाडौँ – आइताबारदेखि जारी नेपाली कांग्रेसको १४ औं महाधिवेशनका कारण काठमाडौको भृकुटिमण्डव क्षेत्र अस्तव्यस्त छ । महाधिवेशनको दोस्रो दिन नेताहरु मनोनयन दर्ता र चुनावी प्रचारमा होमिएपछि भृकुटिमण्डव क्षेत्रमेला महोत्सवसरह बनेको हो । महाधिवेशन प्रतिनिधिहरु सक्षम र सवल नेतृत्व चयनका लागि उत्सहित छन । शनिबार दिनभरजसो भृकुटिमण्डव क्षेत्रमा वाजागाजा र नारावाजी घन्कि रह्यो ।

लामो रस्साकस्सीपछि सुरु भएको कांग्रेसको महाधिवेशनमा नेतृत्व छनोटका कारण शीर्ष नेताहरु छलफल र वार्तामा व्यस्त भए पनिउम्मेदवारी तय भइसकेको उम्मेदवारहरु चुनावी प्रचारमा सक्रिय रहे । आफ्नो क्षेत्रबाट विभिन्न पदका लागि उम्मेदवारी दिएका नेताहरुको चुनावी प्रचारमा नेता कार्यकर्ताको सक्रियता उल्लासपूर्ण देखिन्थ्यो । शनिबार पार्टी सभापति शेरबहादुर देउवा सहित माथिल्लो तहदेखि तल्लो तहसम्मका नेताहरुले आ–आफ्नो विभिन्न पदमा आफ्नो उम्मेदवारी दर्ता गरेका छन ।

लामो समयदेखि साझा उम्मेदवार तय गर्न ठुलो कसरत गरिरहेको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको फुटका कारण कांग्रेस महाधिवेशन अझ रोचक बनेको छ । नेता पौडेलले सभापति पदबाट हात झिके भने नेता प्रकाशमान सिंह र शेखर कोइरालाले आ–आफ्नो प्यानल नै बनाएर महाधिवेशनमा होमिएका छन । कांग्रेसको महाधिवेशसनमा समूह बन्नु स्वभाविक भएको तर्क गर्दै पार्टीभित्र परिवर्तन चाहानेहरुले आफुलाई सहयोग गर्नेमा आफु ढुक्क रहेको महामन्त्रीका उम्मेदवार गग थापा बताउँछन ।

पार्टीभित्रको लोकतान्त्रिक प्रतिस्पर्धाले पार्टीलाई अझ मजवुद बनाउने हुँदा उम्मेदवारहरु थपिनु र प्रतिस्पर्धा हुनु राम्रो भएको महाधिवेशन प्रतिनिधिहरुको तर्क छ । सक्षम र सवल नेतृत्व चयनका लागि यो महाधिवेशन महत्वपूर्ण भएको उनीहरुको भनाई छ । नेपाली काँग्रेसको आगामी नेतृत्वका लागि सभापतिमा मात्र ६ जनाको उम्मेद्वारी परेको छ । प्यानल नै बनाएर आफ्नो उम्मेद्वारी घोषणा गरेका नेताहरु प्रतिस्पर्धामा नै जान्छन् वा भोलिसम्म उम्मेदवारी फिर्ता गर्छन् त्यो भोलि दाबीफिर्ताको समयसम्म कुर्नुैपर्ने हुन्छ । तर कांग्रेसभित्रको पछिल्लो समीकरणले १४ औ महाधिवेशन थप रोचक बनाएको छ ।