राजनीति

शशांक केन्द्रीय सदस्यमा उठ्ने


काठमाडौँ – नेपाली काँग्रेसका महामन्त्री डा.शशांक कोइरालाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् । उनले स्वकीय सचिव भरत तिवारीको वारेसनामामार्फत केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।
यसअघि शशांक सभापतिकै आकाङ्क्षी रहेका थिए तर रामचन्द्र पौडेल समूहबाट साझा उम्मेदवार तय नभएपछि उनी सभापतिको रेसबाट पछि हटेका थिए । यसैबीच डा.शेखर कोइरालाले प्यानल बनाउँदा आफूसँग कुनै सल्लाह नगरेको भन्दै शशांक असन्तुष्ट बनेको बताइएको छ ।