राजनीति

देउवाले बनाए आफ्नो प्यानल, प्रदीप पौडेल र प्रकाशशरण महतलाई महामन्त्री


काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि १४औँ महाधिवेशनका लागि आफ्नो प्यानल टुंग्याएका छन् ।

देउवाको प्यानलबाट विजय गच्छदार र पूर्णबहादुर खड्का उपसभापतिको उम्मेदवार बन्ने भएका छन् ।

त्यस्तै महामन्त्रीमा प्रकाशशरण महत र प्रदीप पौडेल देउवाको समूहबाट उम्मेदवार बन्ने भएका छन् ।

देउवा समूहबाट सहमहामन्त्रीमा आदिवासी जनजातिबाट भीष्मराज आङदेम्बे, दलितमा मान बहादुर बिक, महिलामा डिना उपाध्याय, मधेसीमा महेन्द्र यादव, खस आर्यमा किशोर सिंह राठौर, थारुमा उमाकान्त चौधरी, मुस्लिममा फरमुल्लाह मन्सुर र पिछडिएको क्षेत्रबाट जीवन शाही सहमहामन्त्रीका उम्मेदवार छन् ।