राजनीति

सिंहको प्यानलबाट विश्वप्रकाश शर्मा महामन्त्रीमा


काठमाडौँ – सुरुदेखि नै संस्थापन पक्षतिर रहेका नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेता प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दर्ता गराउने भएका छन् । शेरबहादुर देउवाको प्यानलबाट प्रकाशशरण महत र प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने भएपछि शर्मा देउवालाई छोडेर सिंहतिर आएका हुन् ।

पौडेल पक्षबाट सभापतिको साझा उम्मेदवार छनोटमा सहमति नजुटेपछि नेता सिंहले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका थिए ।