देश

देउवा–पौडेलको टीम खोई ?, पौडेलको साझा नेता को हो ? (भिडियोसहित)


काठमाडौँ — नेपाली काँग्रेसको १४ औं महाधिवेशनभोलिदेखि काठमाडौंमा शुरु हुँदैछ । आजसम्म पनि नेताहरु उम्मेद्वारी तय गर्न गुटगत रस्साकस्सी चलाइरहेका छन् । तर कुनै समूले नेतृत्वसहित आफ्नो टीमको स्पष्ट चित्र सार्वजनिक गरेका छैन ।

वडादेखि केन्द्रसम्म काँग्रेसका करिब ८ हजार बढी पद छन् । यी पदमा एउटा पक्षबाट ८ हजारले प्रतिस्पर्धा गर्दा पनि तीन समूहबाट एकैपटक २४ हजारको प्रतिस्पर्धा हुन्छ ।जित्ने माथि आउँछन्, हार्ने उतै हराउँछन् । तर पनि काँग्रेसमा नेताहरुलाई पद पुगिरहेको छैन ।महाधिवेशन सुरु हुन केही घण्टामात्रै बाँकी रहेका बेला काँग्रेसकाचार फरक–फरक समीकरण र समीकरण भित्रका पनि उप समीकरण छुट्टाछुट्टै छलफलमा छन् । तर नेताहरुको व्यवस्थापन अझै टुंगिएको छैन ।

पार्टीको आगामी नेतृत्वका लागि १४ औं महाधिवेशनको उद्घाटन सकिए लगत्तै कांग्रेसआयादाया नभएर सिधैं निर्वाचन प्रक्रियामा जानेछ। मतदान सकिएलगत्तै नयाँ नेतृत्व आउने सुनिश्चित नै हो । तर शुक्रबार महाधिवेशनको उद्घाटन हुँदैछ, बिहिबारसम्म नेतृत्वको स्पष्ट तस्बिर सार्वजनिक भएको छैन ।

सभापति शेरबहादुर देउवा पुनः नेतृत्वमा दोहोरीन उनको टीमले सर्वसम्मत उम्मेद्वारीको तयारी गरेका बेला देउवाविरुद्धको पौडेल पक्षमा भने भाँडभैलो नै मच्चिएको छ ।शशांक कोइराला सभापतिको दाबीबाट पछि हटेर रामचन्द्र पौडेललाई सहमतिको जिम्मा सुम्पिए पनि अर्का दुई दाबेदार शेखर कोइराला र प्रकाशमान सिंह एकले अर्काेलाई स्वीकार्ने पक्षमा छैनन् ।

आफु पछि हट्नु परे प्रकाशमानलाई समेत पछि हटाएर बरु रामचन्द्रलाई अघि बढाउन शेखर तयार देखिन्छन् । प्रकाशमान सहमत भए रामचन्द्र साझा उम्मेद्वार बन्ने सम्भावनाजिवित बनेको छ । तर सहमति नभए चारै जना प्रतिस्पर्धामा जाने र देउवाले सहज रुपमा चुनाव जित्नेअवस्था आउन सक्छ ।जुन अवस्था नआओस् भनेर बिहिबार अर्जुननरसिंह केसी, बलबहादुर केसी र महेश आचार्य लगायतका नेताप्रकाशमानलाई सहमतिमाल्याउन चाक्सीबारीमा पुगेका थिए । तर आफ्नै नाममा सहमति हुनुपर्ने अडानमा अडिग रहेपछि नेताहरु रित्तै फर्किए ।

पौडेल पक्षमा सभापतिकै विषय अन्योलमा पर्दादेउवा पक्षलाई पदाधिकारीको सकस छ ।देउवा आफुले जित्ने सुनिश्चिता खोजिरहेका बेला पदाधिकारीको नाम टुङयाउन अघि पौडेल पक्षका असन्तुष्टलाई तान्ने मनस्थितिमा छन् ।तर पदाधिकारीमै भाग पु¥याउन देउवाका लागि चुनौती छ ।

नेताहरुको व्यवस्थापनकै लागि ८ जना सहमहामन्त्री हुने प्रावधानलाई सच्याएर ११ पु¥याउन देउवा पक्षले विहिबारको केन्द्रीय समितिमा प्रस्ताव लैजाने तयारी गरेको थियो । तर वरिष्ठ नेता पौडेल नै बैठकमा सहभागी नभएपछि प्रस्ताव अघि बढेन ।शिर्ष नेतृत्वअलमल परेपनि अन्य पदका आकंक्षीहरु भने व्यक्तिगत तरिकाले नै सार्वजनिक प्रचार र आफ्नो पक्षमा माहोल बनाउन लागिपरेका छन् ।

पार्टीभित्रका दुई बलिया समूहभित्र मच्चिएको रडाकोले कृष्णप्रसाद सिटौला नेतृत्वको तेस्राधार, संस्थापनबाट चोइटिएको विमलेन्द्र निधि पक्ष र सभापतिको एकल घोषणा गरेका कल्याण गुरुङगुमनामको अवस्थामा छन् । देउवा वा पौडेलको समीकरणमा गए यी शक्ति निर्णायक रहनसक्छन् । तर आफ्नै टीम खडा गरेर गुट बचाउने र भाग पड्काउने तयारीमा देखिन्छ ।