समाचार

कर्णालीमा छैन बिजुली, घिसिङ भने बिजुली बेच्ने सपना देख्छन् (भिडियोसहित)


काठमाडौँ — केही वर्ष अघिसम्मको चरम लोडसेडिङको पिडा खेपेका नेपालीहरु हाल भएको सुधार देख्दा निकै खुसी छन् । तर, हाम्रो देशकै एउटा प्रदेश कर्णालीका केहि जिल्लामा अहिले सम्म विजुली पुगेकै छैन । तर सरकार भने कर्णालीलाई वेवास्था गर्दै विजुली खेर गयो भनेर विदेश निर्यात गर्ने परिकल्पना गरीहरहेको छ ।

तपाईहरुलाई लाग्न सक्छ अव त नेपालमा विजुली अभाव कहिलै हुदैन । सरकारले सफल कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्राधिकरणमा पुनःनियुत्त गरेको छ । अव सहर देखि गाउँ गाँउ विजुलीले मmलमल्ल हुन्छ । औधोगीक क्षेत्रमा विजुली अभाव हुदैन । तर, तपाई भ्रममा हुनुहुन्छ ।

गत मंगलबार रत्नपार्कस्थित नेपाल विद्युत प्राधिकरणको कार्यालयमा एक हुल मानिसहरू पसे । उनीहरू बाजागाजा बजाउँदै कार्यालयमा गएका थिए । सयौं किलोमिटर टाढाको जुम्लाबाट आएका नेपाली नगरीक नै हुन यिनीहरु । आफ्नो जिल्लामा छिटो बिजुली आउन प¥यो भन्ने माग उनीहरुको छ ।

गत साउनमा जुम्लामा पहिलो पटक राष्ट्रिय प्रसारण लाइनको बिजुली पुगेको थियो । तर त्यहाँका जनताले विजुली बाल्न पाएका छनैन् । घर–घरमा बिजुली बाल्न राष्ट्रिय प्रसारण लाइन पुगेरमात्र भएन, तार तान्नु प¥यो, पोल गाड्नु प¥यो, ट्रान्सफर्मर राख्नुप¥यो, घरघरमा मिटर जोड्नु प¥यो । तर, ति काममा प्राधिकरणको कुनै चासो नै देखिदैन । बरु उसले भनिरहेको छ । विदेशमा विजुली निर्यात गरौ । नेपालमै विजुली उपभोग गरौ ।

नेपालमा उत्पादीत विजुली निर्यात गर्नू राम्रो काम हो जसले नेपालको व्यापार घाटाको खाडल कम गर्ला, तर आफ्ना नागरीकलाई बत्ती समेत बाल्न नदिइ विदेश निर्यातको रटान लगाउनु कती जायज होला ? त्यस माथि पनि नेपालका उद्योग कलकारखानाले विजुली भने जती पाएकै छैनन् ।

नेपालका उद्योग कलकारखानाको मागअनुसारको विद्युत् अझै आपूर्ति हुन नसकेको र नयाँ उद्योगहरूलाई विद्युत् आपूर्ति सुनिश्चित हुन नसकेको अवस्थामा नेपालले भारतलाई सस्तो मूल्यमा विद्युत् बेच्नुभन्दा देशको उत्पादनमूलक अर्थतन्त्रको विकासमा जोड दिनुपर्छ । तर, सरकारले देशको दिगो आर्थिक विकासभन्दा भारतीय शासक वर्गलाई खुसी बनाउनुमा नै फाइदा देखेका छन् । त्यसकारण, ३९ मेगावाट निर्यात गरेकोमा मन्त्री र नेताहरू मख्ख छन् ।