बिजनेस

नेप्से सामान्य अंकले घट्यो, कारोबार रकममा पनि देखिएन उल्लास


काठमाडौँ – साताको अन्तिम कारोबार दिन विहीबार नेपाल स्टक एक्चेञ्ज नेप्से परिसूचक सामान्य अंकले घटेको छ । नेप्से परिसूचक ५ दशमलव ८४ अंकले घटेर दुई हजार ४४९ दशमलव ९७ बिन्दुमा पुगेर कारोबार बन्द भएको हो ।

२३१ कम्पनीको ६२ लाख २३ हजार ७२१ कित्ता सेयर खरिद–बिक्री हुँदा कुल दुई अर्ब ६७ करोड ३३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सबैभन्दा धेरै कारोबार गर्नेमा हिमालयन डिस्टिलरी कम्पनी छ । कम्पनीले ८८ करोड ५५ लाख रुपैयाँको कारोबार गरेको छ ।

आज ७२ वटा कम्पनीको सेयर मूल्य बढ्दा १०६ वटा कम्पनीको सेयर मुल्य घटेको छ भने बाँकी १२ वटा कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएको छैन । आज कारोबारमा आएका होटल तथा पर्यटन, अन्य र म्यूचल फण्ड समूहका सूचक मात्र हरियो देखिएका छन् ।