राजनीति

कांग्रेसको केन्द्रीय समिति बैठक जारी,पौडेल र सिंह अनुपस्थित


काठमाडौँ — शुक्रबारदेखि सुरु हुने १४औं महाधिवेशनबारे छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक जारी छ । बैठक पार्टी कार्यालय सानेपामा जारी छ । पार्टी कार्यालय सानेपामा पौने २ बजे सुरु भएको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता प्रकाशमान सिंह अनुपस्थित रहेका छन् ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरु पनि सहभागी छन् । शुक्रबारबाट सुरु हुने महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने भएकाले वर्तमान केन्द्रीय कार्यसमितिको यो अन्तिम बैठकसमेत हुने छ ।

कांग्रेसको १४औं महाधिवेशन शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा उदघाटन हुँदैछ । उदघाटनसत्रपछि सुरु हुने बन्दसत्रले नयाँ नेतृत्व चयन गर्ने छ । सभापति र पदाधिकारी पदमा उम्मेदवार चयन गर्न कांग्रेसको संस्थापन र संस्थापनइतर पक्षले आन्तरिक छलफल तीव्र पारेका छन् ।